इलाम । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-६ तोरी बारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हेम बहादुरले ती बालिकालाई डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । बालिकाले दिएको उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हाल पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







