६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युनुस सरकार वैध छैन’ : शेख हसीना

अ+ अ-

काठमाडौँ । बांङ्लादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्।

उक्त सम्बोधनमा उनले बांङ्लादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्।

हाल शेख हसीना भारतमा छिन् । गत वर्ष बांङ्लादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन् २०२४ को अगस्ट महिनामा भारत आएकी थिइन्।

त्यसयता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसिनालाई बंगलादेश बुझाउन भारत सरकारसँग अनुरोध गर्दै आएको छ। यसअघि पनि उनले आफ्ना समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै आएकी थिइन्।

शेख हसीनाले आफ्नो सम्बोधनमा भनिन्, ‘कसैले पनि यो बिर्सनु हुँदैन कि बंगबन्धु शेख मुजिबले अवामी लिगमार्फत बंगाली जनतालाई एकजुट पारेर मुलुकलाई स्वतन्त्रता दिलाउनुभएको थियो।’

उनले बांङ्लादेशमाको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि पनि निशाना साध्दै भनिन्, ‘मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश छैन।’

युनुसले विदेशी सहयोगमार्फत एक ‘पूर्वनियोजित योजना’ अनुसार सत्ता कब्जा गरेको हसिनाले आरोप लगाइन् ।

शेख हसीनाले अवामी लिगमाथि प्रतिबन्ध लगाउने माग उठाउनेहरूप्रति चर्को प्रतिक्रिया दिँदै भनिन्, ‘यस्ता माग गर्नेहरूको हिम्मत देख्दा म चकित छु।’

उनले थपिन्, ‘उनीहरूले नसोचुन् कि मैले सबै कुरा त्यागेर देश छोडेकी हुँ। संविधानअनुसार, म जनताद्वारा निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको समर्थन प्राप्त प्रधानमन्त्री हुँ। युनुसको अन्तरिम सरकारको कुनै वैधता छैन।’

बीबीसीका अनुसार शेख हसीनाको यो सम्बोधनबारे बंगलादेश सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस