काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक बिहिवार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्नेछ ।
आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा पार्टीको भूमिका र सांगठनिक गतिविधि, तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाबारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।