११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-‘सहिद देशका साझा सम्पत्ति हुन्’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गरेका छन् ।

बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम मनाउन वारपाक जान लागेका ‘प्रचण्ड’ले गोरखा नगरपालिका-१२ का सहिद परिवारसँग भेटघाट गर्दै बलिदानका कारणले आजको राजनीतिक परिवर्तन सम्भव भएको र सहिदहरू देशका साझा सम्पत्तिको रूपमा रहेको बताए ।

गोरखा नगरपालिका-१२ दशकिलोमा अत्यधिकमात्रामा बसोवास गर्दै आएका कुमाल समुदायबाट दस वर्षे जनयुद्धमा नौ जनाले शहादत प्राप्त गरेका थिए । सहिद परिवारलाई भेट गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सहिदहरुले देखाएको बाटोमा निरन्तर रूपमा अघि बढिरहेको धारण व्यक्त गरे ।

तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा परी गोरखा नगरपालिका १२ का कुमाल समुदायबाट भिष्म कुमाल, रुद्र कुमाल, सूर्य कुमाल, चक्र कुमाल, कोपिला कुमाल, बीरबहादुर कुमाल, जमुना कुमाल, सिताराम खनाल र कोपिला कुमालले शहादात गरेको माओवादी केन्द्र जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए।

सहिद परिवारको छलफलमा सहभागी हुँदै ‘प्रचण्ड’ले पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धसहित अहिलेसम्म सबै आन्दोलनका क्रममा सहिद हुनेहरूलाई राष्ट्रिय सहिद घोषण गरी राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताए ।

सहिद परिवारको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पार्टीमा अलि अलि समस्या भएको तर वर्ग नछाडिएकाले शहिद परिवारको गुनासो सम्बोधन गर्न आफू सधैँ लागिरहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस