काठमाडौँ । तीन जना प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार तनहुँका प्रजिअ एवं सहसचिव श्याम कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय रामेछाप, रामेछापका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी मन्त्रालयका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँको प्रजिअमा पदस्थापन गरिएको छ भने बद्रीनाथ गैह्रेलाई दैलेख र बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।