काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक नेताहरुबीच वार्ता सुरु भएको छ ।
हिजो (सोमबार) राति अवेरसम्म बसेको वार्तालाई आज पनि ढिला गरी निरन्तरता दिइएको हो ।
वार्तामा शिक्षक महासंघका अध्यक्ष र उपाध्यक्षसहित चार जना छन् । सरकारका तर्फबाट मन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिएका छन् ।