२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल र काठमाडौँ तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, “पक्राउ पर्नेमध्ये सम्पूर्णले बेलायत पठाइदिने भन्दै रु. ३५ लाख, सुजनले बेलायत पठाइदिने भन्दै रु. २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै रु सात लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।