२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवले भने-‘मुलुकको व्यवस्था बदलिए पनि अवस्था बदलिएन’ 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताएका छन् । उनले मुलुकमा निरकुंशता हटेर संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताए ।

जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले कसरी अवस्था बदलिन्छ भन्दै प्रश्न गरे । ‘‘हिजोको शासक आज पनि शासक छन्’उनले भने-‘व्यवस्था बदलेर मात्र हुँदैन, शासन–सत्ता पनि बदल्नुपर्छ ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । उनले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताए । ‘दलित र महिलाको सत्ता र शक्तिमा निर्णायक भूमिका छैन, अध्यक्ष यादवले भने-‘अहिलेको संविधान शोषित-उत्पीडित जनताको विपक्षमा छ ।’

मधेशमा राज्यको न्यून बजेट भएको भन्दै उनले विकास दक्षिणबाट सुरु गरी उत्तर पुग्नुपर्नेमा जोड दिए । ‘‘शासक वर्ग जसले सयौँ वर्षदेखि शोषण, भेदभाव र उपेक्षा गर्दै आएका छन्, चुनावमा उनीहरूलाई भोट दिएर सत्तामा पुर्‍याइरहेका छौँ’, उनले भने, ‘आफ्नो मत आफ्ना अधिकारका लागि प्रयोग गरौँ । अब चुनावमा गल्ती नगर्नेतर्फ सचेत हुनुपर्छ र आफ्ना हकका लागि लड्नुपर्छ ।’

त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको बताए । उनले वर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको बताए । उनले संविधान संशोधन र पुनर्लेखन नभए आन्दोलनको तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, पार्टीका वरिष्ठ नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायतले बोलेका थिए।