२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रतिनिधि सभामा प्रत्यक्ष र राष्ट्रिय सभामा समानुपातिक सांसद मात्र बसौँ’ : जितजंग बस्नेत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले स्थानीय तहदेखि केन्द्रसम्म पुनर्संरचना आवश्यक रहेको बताएका छन् ।

वडा तहमा तीन सदस्य, प्रदेशमा पाँच मन्त्री र केन्द्रमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद मात्र रहने गरी पुनर्संरचना गर्नुपर्ने उनको प्रस्ताव छ ।

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘सबै तहका संरचनाहरू, स्थानीय निकायदेखि संघीय संरचना पनि घटाउनुपर्छ । हाम्रो वडा तहमा पनि पाँच जना वडा सदस्य काम छैन, तीन जना भए पुग्छ । दलित, महिला र एक जना, तीन जना भए पुग्छ ।’

उनले थपे, ‘प्रदेशमा पनि संरचना घटाउनुपर्‍यो, पाँच जना मन्त्री भए पुग्छ । संघीय संसदमा पनि । डाइरेक्ट जो पार्लियामेन्ट मेम्बर छन्, प्रतिनिधि सभामा बस्छन् । जो समानुपातिक वाला छ, राष्ट्रिय सभामा बस्नुपर्‍यो । त्यसको पनि संरचना घटाउनुपर्‍यो ।’

उनले सांसदहरूको भत्ता समेत घटाउनुपर्ने धारणा राखे । बस्नेतले भने, ‘सांसदहरूको पनि तलदेखि माथिसम्म भत्ता घटाउनुपर्‍यो, नभए भत्ता पनि खारेज गर्नुपर्‍यो ।’

नेपाली काँग्रेसले समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा विश्वास गर्ने बताउँदै उनले त्यसको संरचना भने घटाउनुपर्ने बताए । उनले भने, ‘हाम्रो विश्वास भनेको यो मल्टिपार्टी डेमोक्रेसी हो । यसमा संरचना कति घटाउन सकिन्छ, घटाएर अगाडि बढौँ भन्ने मलाई लाग्छ ।’

उनले बजेटका प्रमुख प्राथमिकता र सिद्धान्तलाई २६ भागमा विभाजन गरी प्रस्तुत गरेका थिए ।