२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्छ’-मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘डिजिटल फ्रेमवर्क’को उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताएका छन् ।

क्यान फेडरेसनले आयोजना गरेको ‘मल्टि स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.० एन्ड वे फर्वाड’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप सञ्चालनमा आए पनि प्रयोग गर्ने साक्षरतामा कमी रहेको बताए। “डिजिटल फ्रेमवर्क साकार पार्न डिजिटल साक्षरता आवश्यक छ, हामीले साक्षरता पनि सँगै लैजानुपर्छ”, मन्त्री गुरुङले भने ।

उनले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्वसमेत सरकारको रहेको प्रष्ट पारे । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग समेत अनुकूलन हुने गरी तयार गरिएको र यसले डिजिटल आधार स्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षाजस्ता आधारभूत पक्षहरूलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री गुरुङले उल्लेख गरे । 

सञ्चार सचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मस्यौदा तयार पारिएको बताइन् । आवश्यक सुझाव दिन पनि उनले निजी क्षेत्रलाई आग्रह गरिन् ।

क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अबको युग डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने बताइन् ।