२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्हीनन्दका किसानलाई धानको बीउ वितरण

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको छ ।

प्रतिकिलो रु ४५ को दरले किसानलाई धानको बीउ वितरण गरिरहेको पाल्हीनन्दन–६ निवासी बन्धु यादवले जानकारी दिए। यही जेठ २ गतेदेखि गाउँपालिकाले हर्दीनाथ, बहुगुडी, साभा एक नामक धानको बीउ ३८० किसानलाई वितरण गरिसकेको गाउँपालिकाका कृषि शाखा अधिकृत पशुपतिनाथ चौधरीले बताए।

उनका अनुसार हर्दीनाथ मध्यम–खेतमा र बहुगुडी, साभा धान खाला खेतमा उत्पादन हुने धान हो । भारतबाट धानको बीउ ल्याउँदा महँगो पर्ने र बीउ राम्रो नहुने, उत्पादन कम हुने र प्रहरीले रोक्ने गुनासो आएपछि गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गर्दै धानको बीउ वितरण सुरु गरेको कृषि शाखा अधिकृत चौधरीको भनाइ छ ।

धानमा कुनै समस्या आयो वा उत्पादन भएन भने बुद्ध सिड कम्पनीसँग कानुन बमोजिम किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ । रु पाँच लाख किसानको र पाँच लाख गाउँपालिकाको गरी रु १० लाख बराबरको धानको बीउ वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ। नागरिकता र लालपुर्जाको प्रतिलिपि लिएर आउने किसानलाई धानको बिउ वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए। गत वर्ष पनि गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गरेको थियो ।