२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्रको संस्थागत विकास गर्नु सबैको साझा दायित्व’: मुख्यमन्त्री कँडेल

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन्। 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित १८औँ गणतन्त्र दिवसको समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास र रक्षा गर्नु सबैको साझा सरोकार र कर्तव्य भएको बताए।

“व्यक्तिको जन्मका आधारमा श्रेष्ठता प्रदान गरिने र शासन सत्ता सम्हाल्ने प्रणालीको अन्त्य गरी हरेक नागरिक समान हुन पाउने हक र अधिकार प्राप्त भएको ऐतिहासिक दिन हो, गणतन्त्र दिवस”, मुख्यमन्त्रीले भने, “महिला व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख भइसकेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको यो सुन्दर पक्ष हो ।” 

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गणतान्त्रिक व्यवस्थाले हरेक नागरिकको जीवनस्तर माथि उठेको जिकिर गरे। उनले भने, “विगतमा हप्तौँ, महिनौँ समय लगाएर पुग्ने गन्तव्यको हाम्रो यात्रा आज घण्टामा छोटिएको छ । गणतन्त्रको स्थापना पछि कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातलगायत क्षेत्रमा विकास भएको छ ।” उनले हरेक सरकार प्रमुखसँग नागरिकले भेटी खुलेरै समस्या राख्न सक्ने व्यवस्था विगतमा भन्दा सुधार भएको दाबी गरे । 

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले महिला, दलित, पिछडिएको, उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याई विभिन्न निकायको प्रमुख बनाउने र समान अधिकार प्रदान गर्ने गणतान्त्रिक व्यवस्था रहेको उल्लेख गरे । संविधान, संघीयता, समावेशीता र सामाजिक न्यायसहितको व्यवस्था र पद्धति जोगाउनु सबै रूपान्तरणकारी शक्तिको अभिभारा रहेको उनको भनाइ छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले यो व्यवस्थामाथि टीकाटिप्पणी र प्रश्न उठ्नुमा हामी राजनीतिक नेतृत्व र राष्ट्रसेवकको कमजोरी रहेको बताए । नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिका विरुद्ध लाग्नेमाथि गणतन्त्र पक्षधर एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

समारोहमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विपद्मा ज्यानको प्रवाह नगरी नागरिकको खोज, उद्धार तथा पुन:स्थापनामा संलग्न भएर प्रशंसनीय काम गर्ने प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, हवल्दार प्रेमबहादुर चुनारा, नेपाली सेनाका प्यूठ विजय कोइराला, केवल कटुवाल र सशस्त्र प्रहरी हवल्दार धनबहादुर पुनलाई जनही रु ३० हजार विपद् साहसिक पुरस्कारले सम्मान गरिएको थियो ।