काठमाडौँ । नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि आइतबार नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको हो ।
दुई वटा बस दुई वटा छुट्टाछुट्टै रुटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु नपर्ने प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।







