२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ

अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।

अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखाले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार विगतका कमी कमजोरीबारे समेत छलफल गरेर यसपालि कुनै चुक हुन नदिने गरी तयारी गर्ने विषयमा छलफल भएको छ । 

गृहमन्त्री लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन् । 

विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद् व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिए।

‘मनसुनजन्य विपद्को तयारीमा आजैदेखि लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनु होला । पूर्वसूचना अनुसार जोखिम कुन कुन ठाउँमा छ भन्ने अनुमान गर्न सकिन्छ । त्यो बस्तीमा हामीले पूर्वसूचना दिनुपर्‍यो । मान्छेलाई उद्धार गरेर सुरक्षित ठाउँमा पुर्‍याउने गर्नुपर्‍यो ।’ 

सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री लेखकसहित भएको कार्यक्रममा नेपाल प्रहरीका प्रमुख आइजिपी दिपक थापा पनि थिए । 

गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौँ उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।