२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग

अ+ अ-

काठमाडौँ। रुपन्देहीका विभिन्न स्थानीय तहले आफ्नो पालिकामा पर्ने नदीहरूमा लगाएका ठेक्कामा ठेकेदारले मापदण्डविपरीत जथाभाबी उत्खनन र ढुंगागिटी चोरी गरेको भन्दै समाजवादी मोर्चा रुपन्देहीले तत्काल अनियमितता रोक्न माग गरेको छ ।

मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका संयोजक निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिराध्वज शाह र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मोर्चाका जिल्ला संयोजक शरद वलीले मंगलबार विज्ञप्ति जारी गर्दै जथाभाबी उत्खनन र चोरी निकासीप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

जथाभाबी दोहन र चोरी निकासीमा सम्बन्धित निकायको मिलेमतो र सेटिङ रहेको मोर्चाको आरोप छ ।

केही दिन यता बुटवल, सैनामैना, देवदह, सिवारी शुद्धोदन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरूले तिनाउ, दानव, चरंगे खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला, घोडाखोला,सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरूमा अनियन्त्रित रूपमा मापदण्ड विपरीत अवैध रूपमा दोहन गरी नदीजन्य पदार्थ ढुंगागिटी, बालुवा दोहन तथा चोरी निकासी भइरहेको र केही क्रसर उद्योगमा अवैध ओसारपसार र मापदण्ड विपरीत घाट गद्दी गरेको कार्यप्रति समाजवादी मोर्चा नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सबैको मिलेमतो र सेटिङमा मापदण्ड विपरीत राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा जाँचभन्दा बढी खन्ने, खाल्डो पार्ने र घाट गद्दी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम विपरीत घाट गद्दी गर्ने, चोरी गर्ने र अवैध निकासी गर्ने जस्ता कार्य तत्काल बन्द गराउन मोर्चाले माग गरेको छ ।

नियमित अनुगमन नियन्त्रण, निगरानी नियमन गर्न र अवैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन समेत मोर्चाले माग गरेको छ ।

प्राकृतिक स्रोत र साधनको दोहनमा मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरू खोलाबाट तत्काल हटाउन अनुरोध गर्दै मोर्चाको अनुरोधलाई बेवास्ता गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।