काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको हो ।
मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







