२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरसीबीको जितमा खुसी मनाउने क्रममा रंगशालाबाहिर भागदौड, कम्तीमा १० को मृत्यु

अ+ अ-

काठमाडौँ । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो । सोही जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको बताइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘आरसीबीको जितमा खुसीयाली साट्न तथा साक्षी बन्न समर्थकहरू जम्मा भएका थिए । तर, अत्यन्त दु:खद र त्रासदीपूर्ण घटना हुन पुग्यो,’ उनले लेखेका छन्, ‘आरसीबीको जितप्रति गर्व छ । तर, कुनै पनि जित कसैको जिन्दगीभन्दा ठूलो हुन सक्दैन । म अपिल गर्न चाहन्छु कि सुरक्षामा विशेष ध्यान दिइयोस् ।’

उनले अस्पतालमा रहेका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।