२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न ६ जनाको आवेदन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आव्हान गरेको आज अन्तिम दिनसम्म अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको हो ।

सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि यही जेठ ११ गते दरखास्त आव्हान गरेको थियो । जेठ २५ गतेसम्म अर्थात् आइतबारसम्म १५ दिनको समय दिएर दरखास्त आह्वान गरिएकोमा आज कार्यालय समयसम्म उक्त संख्यामा आवेदन परेको हो ।

विज्ञ सदस्यमा भने ५ जनाको आवेदन परेको छ । ललितपुरको पुल्चोकमा प्राधिकरण स्थापना गरेको चार महिना बितिसक्दा समेत प्राधिकरणको सञ्चालक समितिले अझै पूर्णता पाउन सकेको छैन । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न बनेको प्राधिकरणको सञ्चालक समितिले अहिलेसम्म पूर्णता पाउन नसकेको हो ।

प्राधिकरणमा पाँच सदस्यीय सञ्चालक समिति हुनुपर्ने व्यवस्था छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले पाँच सदस्यीय सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअनुसार सरकारले प्राधिकरणको स्थापना गर्दा अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेललाई दिएको छ । पोखरेल अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा सोही मन्त्रालयका सचिव केदारनाथ शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।