काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सेवानिवृत्त भएका छन्। पाँचवर्षे सेवा अवधि पूरा भएसँगै उनी भोलि (बुधवार) देखि अनिवार्य अवकाशमा जान लागेका हुन्।
२०७७ जेठ २८ मा नेपाल न्याय सेवा, कानुन समूहको सचिवमा बढुवा भएका सापकोटाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको भूमिका निर्वाह गरिसकेका छन्।
उनको अवकाशसँगै मन्त्रालयमा एक सचिव पद रिक्त भएको छ।







