२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

अ+ अ-

जनकपुरधाम । ६२८औँ कवीर प्रकट अर्थात् सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् ।

दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताए । मिथिला नगरपालिका-२ वेलाचापीस्थित सतलोक आश्रममा कवीर प्रकट दिवसका अवसरमा विगत तीन दिनदेखि सञ्चालित समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलकका साथै विशाल भण्डारा, रक्तदान, नि:शुल्क भोजनलगायत कार्यक्रम गरिएका छन् ।

वैदिक उच्चारणसहित विवाह कार्यक्रम १७ मिनेटमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी नवजोडी तथा तिनका अभिभावकले यस किसिमको विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिए । सतलोक आश्रमले आगामी दिनमा सामाजिक उत्थानका यस्ता कार्यक्रमलाई अझै अगाडि बढाउनुपर्ने पर्साको वहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले बताइन् ।

मधेस प्रदेशमा सन्त कवीर दिवसका अवसरमा सार्वजनिक विदासमेत दिइएको छ ।