२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईओई र डब्लूटीओ उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तित आर्थिक परिदृश्यमा नेपालजस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचबारे अन्तर्राष्ट्रिय संस्थाहरूसँग छलफल गरेका छन् ।

स्विजरल्यान्डको जेनेभामा सम्पन्न ११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा रोजगारदाताको अन्तर्राष्टिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स (आईओई) महासचिव रोबर्टो स्वारेज सान्तोस तथा विश्व व्यापार संगठन (डब्लूटीओ) उपमहानिर्देशक झाङ सियाङछेनसँग भएको छुट्टाछुट्टै भेटवार्ता क्रममा उनले नेपालभित्र भएका लगानीका सम्भावना र दुवै संस्थासँगको सहकार्य तथा नेपालको अपेक्षाबारे आफ्ना धारणा राखे ।

आईओई महासचिव सान्तोससँगको भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विकासका चुनौती पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय साझेदारसँगको सम्पर्क मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यास नेपालमा भित्र्याउन सहयोग आदान–प्रदान गर्न सक्ने विचार व्यक्त गरे ।

उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधिजस्ता क्षेत्रमा नेपालमा उल्लेखनीय लगानीका अवसर उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव सान्तोससँग आग्रह गरे ।

‘नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु,’ उनले भने ।

अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्य मार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमता सुदृढीकरणमा दिइएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।

उनले आईओईसँगको सहकार्यले नेपाली रोजगारदातालाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धानमा पहुँच बढाएको उल्लेख गरे ।

आईओई महासचिव सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशील सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भूमिका र सहकार्यको प्रशंसा गरे । उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैँ तयार रहेको बताए ।

यसैगरी महासंघ अध्यक्ष ढकालले डब्लूटीओ उपमहानिर्देशक सियाङछेनसँग पनि बेग्लै भेटवार्ता गरे । उक्त भेटमा नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीबारे ढकालले चर्चा गरे ।

सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाका सन्दर्भमा डब्लूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे ।

तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धि कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्लूटीओसँग विशेष अनुरोध गरे ।

‘एलडीसी ग्र्याजुएसनको विषय राष्ट्रिय गौरवको विषय भए पनि नि:शुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधा गुम्दा साना तथा मझौला उद्यम विशेष प्रभावित हुने सम्भावना छ,’ ढकालले भने, ‘तसर्थ, अन्तर्राष्टिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न आईओईसँग आग्रह गर्दछु ।’

उनले विकसित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषक प्रतिस्पर्धाबाट पछाडि परेको बताए ।

डब्लूटीओ अन्तर्गत स्यानिटरी र फाइटोस्यानिटरी (एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिमा उल्लेखित उच्च मापदण्ड पूरा गर्न नेपाली साना उत्पादकलाई कठिन भइरहेको बताए ।

‘भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैरशुल्कीय अवरोधले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्‍याइरहेका छन्,’ उनले भने ।

डब्लूटीओको प्रतिबद्धता अनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उनले थप सहयोगको आवश्यकता औँल्याए ।

भेटवार्तामा डब्लूूटीओ उपमहानिर्देशक सियाङछेनले डब्लूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताए ।

महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ र महासंघका कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि सहभागिता थियो ।