२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एशियाली उत्पादकत्व संगठन (एपीओ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी चारदिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।

१४ वटा एपीओ सदस्य देशका १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी, र अभ्यासकर्ताहरू सहभागी कार्यक्रमले दिगोपन, समावेशीता, र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्ने विषयमा केन्द्रित यो कार्यशालाले दिगो पर्यटनका लागि नवीन नीति र अभ्यासहरूको खाका तयार पारेको जनाइएको छ ।

कार्यशालाले समावेशी पर्यटन मोडेल, जिम्मेवार पर्यटनका लागि डिजिटल प्रविधि, दिगो पर्यटनको प्रमाणीकरण र नीति ढाँचाका विषयमा विशेषज्ञ सत्रहरू सञ्चालन गरेको बताइएको छ । ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिलकी डा. मिही काङले पर्यटनमा दिगोपन, वातावरणीय र सामाजिक प्रभाव न्यूनीकरण र प्रमाणीकरणका फाइदाहरूबारे अन्तर्राष्ट्रिय उदाहरणसहित प्रस्तुति दिए। प्लानेट एबल्डकी नेहा अरोराले समावेशी पर्यटनमा जोड दिँदै सत्र सञ्चालन गरिन्। नेपालका विज्ञ सुदिप भाजु र पंकज प्रधानांगले नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराए। कार्यशालाको अन्तरक्रियात्मक शैलीले सहभागीहरूबीच अनुभव आदानप्रदान र सिकाइलाई प्रोत्साहित गरेको थियो ।

यसै सन्दर्भमा, सहभागीहरूले युनेस्को विश्व सम्पदा स्थल पाटन दरबार स्क्वायरको भ्रमण गरेका छन्, जहाँ स्थानीय समुदायको संलग्नतामार्फत सांस्कृतिक संरक्षण र पर्यटन विकासलाई सन्तुलनमा राख्ने प्रयासहरू अवलोकन गरे।

कार्यशालाको समापनमा सहभागीहरूले सिकेका कुरालाई कार्यान्वयनयोग्य र दिगो रणनीतिमा बदल्ने प्रतिबद्धता जनाएका छन्। यो कार्यक्रमले वातावरणीय रूपमा जिम्मेवार, सामाजिक रूपमा समावेशी र आर्थिक रूपमा लचिलो पर्यटन क्षेत्रको विकासमा एशिया-प्रशान्त देशहरूलाई सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । सन् २००९ पछि पहिलो पटक नेपालले आयोजना गरेको यो एपीओ कार्यशालाको सफलताले भविष्यमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आयोजकहरूलाई प्रेरणा दिएको छ।