काठमाडौँ। इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी कलेज), ज्ञानेश्वर, काठमाडौँमा अध्ययनरत ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) तेस्रो सेमेस्टरका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
‘सङ्कल्प: अ ब्लड डोनेशन ड्राइभ’ नाम दिइएको यो कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैलाई आयोजकले अनुरोध गरेका छन्।
कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कलेज परिसरमा सञ्चालन हुनेछ।
विद्यार्थीहरूले समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेको बताएका छन्।







