२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी विमान दुर्घटना स्थलमा पुगे

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटना स्थलमा पुगेका छन् ।

शुक्रबार दुर्घटना स्थलमा पुगेर करिब २० मिनेट बिताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरूबाट जारी अनुसन्धान, खोज/उद्धार कार्यबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

घटनास्थलमा पुगेर उनले सञ्चारकर्मीहरूसँग बोलेनन् । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरू पनि त्यहाँ पुगेका थिए ।

अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै बिहीबार एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरूको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरू समेत गम्भीर घाइते भएका थिए ।

विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीवित रहेका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेश हुन् । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।