२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य गंंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन्।

राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रूपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन्।

“नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ”, सदस्य बेलबासेले भनिन्, “अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन लगाउने काम गर्नुहुँदै, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तरराष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ ।”

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेको भए पनि अहिले छानबिन समिति यथाशीघ्र बनाएर अघि बढ्न माग गरेको र राष्ट्रिय सभा निरन्तर रूपमा चले पनि उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताइन्।

सांसद बेलबासेले भिजिट भिसा प्रकरणकै कारण केही दिनदेखि प्रतिनिधि सभा अवरुद्ध  भएको र अध्यागमनमा समस्या देखिएपछि कर्मचारी अनुगमनमा तानिएको अवस्थामा अनुसन्धान जरुरी भएको उनको भनाइ थियो ।

“भिजिट भिसामा नेपालीलाई बाहिर लैजाने, अर्को कुनै देश गइसकेपछि दलालमार्फत फेरि अर्को देश लैजाने गरेको देखियो”, उनले भनिन्, “ट्राभल एजेन्सीहरू, म्यानपावर एजेन्ट, कर्मचारी मिलेर भ्रष्टाचारमा मिच्छिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तानेपछि प्रतिनिधिसभा अवरुद्ध छ, त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन जरुरी छ ।”

नेपालमा कानुनी राज्य भएको कुरा अन्तरराष्ट्रिय जगतलाई देखाउनका लागि पनि छानबिन समिति जरुरी भएको उनको भनाइ थिया ।