काठमाडौँ । ललितपुरको मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपालमा ल्याइँदै छ ।
रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका भण्डारीलाई आज काठमाडौँ ल्याउन लागेको हो । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो मुद्दाको अनुसन्धान गरिरहेको छ।







