काठमाडौँ । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गर्ने भएको छ ।
यससम्बन्धी सम्झौतामा आइतबार कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओको प्रत्याभूति कोषले गर्ने भएको छ ।
सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।







