काठमाडौँ । अहिले प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा मन्त्रालयगत छलफल भइरहेको छ ।
छलफलको क्रममा नेपाली काँग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ, नेकपा एमालेका सांसद सूर्य थापा, स्वतन्त्र सांसद अमरेस कुमार सिंह लगायतको अभिव्यक्तिले आइतबारको संसद बैठक तरंगित बनायो। उनीहरूले कतै सीमित नेताको जिल्लामा मात्र बजेट खन्याएको तर आफ्नो जिल्लालाई बेवास्ता गरेको आरोप लगाए ।
काँग्रेसकै सांसद कान्छाराम तामाङले आफ्नै पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको नामै लिएर आक्रोश पोखे । उनको आक्रोश रामेछापमा बजेट नपारिदिएको भन्नेमा केन्द्रित थियो ।
तर, सहरी विकास मन्त्रालयको एलएमबीआईएसमा इन्ट्री गरेको विवरण हेर्दा ८४ करोड ४७ लाख रुपैयाँ बजेट बराबरका ६६ योजना रामेछापमा देखिन्छ ।











