२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज नाकाबाट ७४ अर्बभन्दा बढीको आयात निर्यात

अ+ अ-

काठमाडौँ । नेपाल-भारत सीमाको नेपालगन्जस्थित जमुनाह नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न देशबाट ७४ अर्ब ३५ करोडभन्दा बढीको आयात–निर्यात व्यापार भएको छ  ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८१र०८२ मा सो नाकाबाट ७१ अर्ब १८ करोड ४३ लाख ५८ हजार बराबरको आयात र दुई अर्ब ८५ करोड नौ लाख ३९ हजार बराबरको निर्यात गरेर ७४ अर्ब ३५ करोड बढीको आयात–निर्यात व्यापार भएको हो ।

जमुनाह नाकाबाट आयात–निर्यात व्यापार धेरै भएको देखिए पनि आयातको तुलनामा निर्यात भने निकै न्यून रहेको सो तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म ६६ अर्ब ६२ करोड पाँच लाख २६ हजार बराबरको आयात निर्यात नेपालगन्ज भन्सारबाट भएको थियो । जसमा आयात ६४ अर्ब ४२ करोड ५२ लाख ७९ हजार र निर्यात दुई अर्ब १९ करोड ५२ लाख ४७ हजार रहेको थियो ।

नेपालगन्ज भन्सारबाट चालु आर्थिक वर्ष २०८१र०८२ को जेठ मसान्तसम्मको व्यापार घाटा ९६ प्रतिशत रहेको छ भने अघिल्लो आ.व.को सोही अवधिसम्म व्यापार घाटा ९७ प्रतिशत रहेको थियो ।

त्यस्तै, नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पनि विगतमा जस्तै वार्षिक लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ । नेपालगन्ज भन्सार कार्यालयले चालु आ।व।का लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य पाएकोमा जेठ मसान्तसम्म ६७.२९ प्रतिशत अर्थात् १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्रै राजस्व असुली गर्न सफल भएको छ ।

अघिल्लो आ.व. २०८०/०८१ मा नेपालगन्ज भन्सारले २८ अर्ब ६६ करोड २५ लाख २८ हजार लक्ष्य पाएकोमा उक्त आ.व.को अन्त्यसम्म ६३.२५ प्रतिशत अर्थात् १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व संकलन गरेको थियो । अघिल्लो आ।व।को तुलनामा यस वर्ष जेठ सम्ममा करिब १५ करोडभन्दा बढी भन्सार असुली भइसकेको छ ।
Minu
रौतहटमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित १० जना घाइते
रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहान काठमाडौँ देखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन ।
घाइते हुनेमा सात जना भारतीय नागरिक रहेका छन् । घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतीक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

यसैगरी धनुषा जिल्ला सिरेश्वरनाथ-१ बस्ने वर्ष २३ को अनुष्का निगम, जनकपुर बस्ने वर्ष ३५ कि सन्तोषी ठाकुर र जलेश्वर-४ बस्ने ४३ वर्षीय पुनम ठाकुर पनि दुर्घटनामा परी घाइते भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको अवस्था समान्य रहेको राईले बताए । बसमा २५ जना सवार रहेकामा १० जना घाइते र अन्य १५ जना गन्तव्यतिर गएको समेत उनले जानकारी दिए । चालक भने फरार रहेको बताइएको छ ।