काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३०१-११३०६ र ०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।


यस्तै लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं १०००१-१०००६ र ०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।







