२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षाको अवस्था सुधार्न स्थानीय तहको पहलकदमी आवश्यक छ’-मुख्यमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षाको अवस्था सुधार्न स्थानीय तहको नेतृत्वदायी पहलकदमी आवश्यक पर्नेमा जोड दिएका छन् । 

आज महोत्तरीको औरही नगरसभाको १६औँ नगर परिषद् बैठकमा उहाँले शिक्षा क्षेत्रको बिग्रँदो अवस्था सुधार्न स्थानीय तहले संकल्प लिनुपर्ने आवश्यकता औँल्याए । 

“पछिल्ला दिनमा हाम्रो शैक्षिक गुणस्तर केही कमजोर बन्दै गएको छ । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ”, सिंहले भने, “शिक्षामा मधेशको पुरानो साख फर्काउन सबैपक्षको साझा संकल्प आवश्यक पर्छ ।” यसको नेतृत्व स्थानीय तहले लिनुपर्ने उनको भनाइ छ ।

केही दशक पहिलेसम्म मधेशका विद्यालय र कलेजको उत्पादन भनिँदा विशेष महत्त्व दिइने गरिएको सम्झँदै मुख्यमन्त्री सिंहले पछिल्ला दिनमा विद्यालय उचित व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको बताए । 

“अहिले विद्यालयभित्रै लागूपदार्थ दुर्व्यसन फैलिएको सुनिन्छ”, सिंहले चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयको क्षमता विकास गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिए । 

कार्यक्रममा औरही नगरप्रमुख प्रदीपकुमार खड्काले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमसँगै रु. ४५ करोड २७ लाख ७७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरे। कार्यक्रममा नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधिले मुख्यमन्त्री सिंहलाई अभिनन्दन पत्र प्रदान गरेका थिए ।