२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैकुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण

अ+ अ-

भोजपुर । रामप्रसादराई गाउँपालिका-६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एकरूपता ल्याउने लक्ष्यले वडाले ४३८ विद्यार्थीलाई पोसाक (ट्रयाक सुट), जुत्ता र टिसर्ट वितरण गरेको हो ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै वडाका विद्यालयबीच एकरूपता ल्याउने लक्ष्यले यो आर्थिक वर्षमा ४३८ विद्यार्थीलाई पोसाक वितरण गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि वडाले आवश्यक बजेट विनियोजन गरेर पोसाक वितरण गरेको उनको भनाइ छ ।

“हामीसँग वडा स्तरमा आएको बजेट थोरै नै हुन्छ”, वडाध्यक्ष आचार्यले भने, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सके मात्र समुन्नत समाज बन्न सक्छ, विद्यार्थीलाई पोसाकको कारण असहज नहोस् भन्नका लागि यहाँका सबै विद्यालयमा पोसाक वितरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”

वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । वडाले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागिसमेत लागि आवश्यक सहयोग गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ ।