२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मलको हाहाकार छ, सधैँ भइरहन्छ’-कृषि मन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौँमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् ।

उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मात्र मल आएको जानकारी दिए ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाइ मलले किसानलाई समयमै मल पुर्‍याउन सक्ने स्थिति नरहेको तर्क गरे ।

उधारो दूध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको दुखेसो मन्त्री अधिकारीले गरे ।  ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उधारो दूध वर्षौँदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने ?’ उनले प्रश्न गरे ।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन,’ उनले भने, ‘बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ ।’

एक चौथाइ मात्र मल आयात हुँदा किसानलाई पुर्‍याउन नसकिएको उनको तर्क थियो । ‘एक चौथाइ मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउन सक्छौँ रु सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नै पर्छ,’ उनले भने ।

धेरै समस्याका बीचमा खुसी मानेर सबैका बीचमा उभिनुपर्ने अवस्था रहेको मन्त्री अधिकारीले बताए ।

‘हामीले जुनसुकै पेशा र व्यवसाय गरौँ । कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ,’ उनले भने, ‘एउटा भैँसी र गाई पाल्न पनि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरूलाई धोका नदिऔँ  ।’

मन्त्री अधिकारीले मन्त्री भएर पनि केही गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु,’ उनले भने, ‘यदि हामीसँग आर्थिक सीमितता, आर्थिक सङ्कुचन थिएन भने धेरै चिज गर्थ्यौँ ।’

मन्त्री अधिकारीले चिस्यान केन्द्र, बीमा लगायतका धेरै समस्याहरू रहेको बताएका छन् ।