२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय मन्दिरमा भाग दौड हुँदा तीनको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दु धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भाग दौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

हिन्दु धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी शहरको गुन्डिचा मन्दिर नजिकै हजारौँ भक्तजनको भीड लागेको थियो । जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भने, “मन्दिरमा एक्कासी भीड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भाग दौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।”

स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी अधिकारीहरूले तत्काल पुष्टि गर्न सकेका छैनन् ।

उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले भक्तजनको अत्यधिक भीडका कारण यो दुःखद घटना भएको बताएका छन् । माझीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ज्यान गुमाउनेका परिवारप्रति म समवेदना प्रकट गर्दछु।”

“यो लापरबाही अक्षम्य छ । सुरक्षामा भएका कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छु।” भारतीय धार्मिक चाडहरूमा घातक भाग दौड र भीड हुनुलाई एक सामान्य घटना मानिन्छ ।

गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिँड्ने लोकप्रिय अनुष्ठानका लागि हजारौँ मानिस भेला भएका समय भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो। जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दुहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।