२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको सरुवा र बढुवा प्रणालीलाई ऐनमार्फत व्यवस्थित गर्नुपर्नेमा जोड 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने विषयलाई कानुनमै व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक’ माथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदसँगको छलफलका क्रममा सांसद विमला सुवेदीले म्यादी प्रहरीसम्बन्धी व्यवस्थालाई प्रहरी ऐनमै समावेश गर्नुपर्नेमा जोड दिइन् । 

सांसद शेरबहादुर कुँवरले प्रहरी ऐनमार्फत प्रहरी सेवालाई भरपर्दो, विश्वसनीय, जनताप्रति उत्तरदायी र व्यावहारिक बनाउनुपर्ने धारणा राखे । उनले भने, “प्रहरी संगठनमाथि भइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्ने गरी प्रहरी ऐन बनाउनुपर्छ, सरुवा र बढुवा प्रणालीलाई थप व्यवस्थित गर्नुपर्छ ।” 

सांसद प्रकाश ज्वालाले प्रहरी ऐनमा प्रहरीको कार्य व्यवस्था र क्षेत्राधिकार प्रष्ट रूपमा किटान गरेर लेख्नुपर्ने बताए । 

सांसद विराजभक्त श्रेष्ठले ट्राफिक प्रहरीलाई थप व्यवस्थित गर्ने गरी प्रहरी ऐन बनाउनुपर्ने धारण राखे । प्रहरी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । 

सांसद सूर्य थापाले प्रहरीको बढुवा ज्येष्ठताको आधारमा हुनुपर्ने बताए । राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको प्रहरी विधेयकमा प्रहरीको कर्तव्य र अधिकार, सेवाको गठन, प्रशासन र सञ्चालन, प्रहरी महानिरीक्षकको नियुक्ति, काम, नेपाल प्रहरी सेवाको पदपूर्ति, सरुवा र काज, बढुवा, तलब, भत्ता तथा अन्य सुविधा, अवकाश, उपदान तथा निवृत्तिभरण, आचरण र विभागीय सजाय तथा पुनरावेदन समावेश गरिएको छ । सो विधेयकमा ७४ जना सांसदहरुले संशोधन राखेका छन् ।