२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुराम भट्टराईले भने-‘रवि लामिछानेलाई बाहिर आएर कानुनलाई सघाउने मौका दिनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई बाहिर आएर जनताको प्रतिनिधित्व गर्ने र कानुनलाई सघाउने मौका दिनुपर्ने बताएका छन् ।

आइतबार २२औँ राष्ट्रिय धान दिवसको अवसरमा गोरखामा धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै पूर्वप्रधानमन्त्री भट्टराईले रवि लामिछाने जनप्रतिनिधि भएको नाताले खुला रूपमा बाहिर आउन दिनुपर्ने तर्क गरेका हुन् ।

‘उहाँले मुद्दामा सहयोग गर्नुपर्छ । तर, जनप्रतिनिधि हुनुको नाताले उहाँलाई खुला रूपमा बाहिर आएर जनताको पनि प्रतिनिधित्व गर्ने र सँगसँगै कानुनलाई सघाउने यो मौका दिनुपर्छ भन्न खोजेको हो मैले,’ उनले भने, ‘रवि लामिछानेलाई पुरै कानुनबाट छुटकारा दिनुपर्छ भनेर मैले भनेको छैन ।’

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको हस्ताक्षर अभियानमा शनिबार हस्ताक्षर गर्दै साथ दिएका थिए । सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्री भट्टराईले हस्ताक्षर गरेका हुन् ।

रवि लामिछानेलाई लगाइएको मुद्दा अस्वभाविक देखिएको डा। भट्टराईले बताए । ‘जुन ढंगले रवि लामिछानेलाई केही महिनादेखि मुद्दा लगाइएको छ । त्यो चाहिँ अलि अस्वभाविक देखिन्छ,’ उनले भने ।