काठमाडौँ । गए राति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ।
उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका-८ र मुसिकोट नगरपालिका-५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो।
सडक अवरुद्ध बनेपछि वामीटक्सारबाट रिडिहुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनबीच बाटोमा रोकिएका छन। उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ।
अहिले प्रहरी टोली परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको बताइएको छ ।







