२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति थापाले भने-‘अब समितिलाई ब्याक गर्ने सम्भावना छैन, बरु विधेयक फिर्ता लिनुस्’

अ+ अ-

काठमाडौँ। शिक्षा समिति सभापति अम्बरबहादुर थापाले विद्यालय शिक्षा विधेयक आज जसरी पनि पारित गर्न आफूसहित सिंगो समिति तयार रहेको बताएका छन् ।

सभापति थापाले शिक्षा समितिको बैठकमा बोल्दै विद्यालय शिक्षा विधेयक आज जसरी पनि पारित गर्ने अडान लिएका हुन् ।

उनले भने, ‘बरु हामी समितिका सदस्यहरू राति यही बस्न तयार छौँ। तर, अब समितिलाई ब्याक गर्ने सम्भावना छैन। आजै पारित गरौँ।’

संविधान बनाउँदा नि अन्तिम अन्तिम समयमा यस्तै भएको सुनाउँदै सभापति थापाले दललाई, दलको नेताबाट सहमति गराउने भए उतै गराउने समेत चेतावनी दिए ।

उनले भने, ‘संविधान बनाउँदा नि अन्तिम अन्तिममा यस्तै भएको थियो। दललाई दलको नेतालाई बनाउने हो भने उतै बनाऔँ । तर, अब सहमतिका नाममा नअडकिऔं।’

उनले सरकारलाई पटक पटक समय दिए पनि विद्यालय शिक्षा विधेयकमा कुनै ठोस प्रगति नभएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले शिक्षक स्वतः स्थायी हुने कुन कानुनमा छ ? भन्दै प्रश्न गरे ।

‘स्वतः स्थायी कुन कानुनमा छ ? आज आधा घण्टा भित्र । कसको दबाबमा ? शिक्षक हुन नसक्नेलाई कानुनमा बोकेर किन हिँड्ने ? ६०र४० त मेरो सिद्धान्त नै होइन ।’ उनले भने ।

उनले यही विधेयक ल्याउनमा अहिलेसम्म १ करोड खर्च भइसकेको भन्दै अब पनि यस्तै अड्काए सरकारलाई विधेयक फिर्ता लिन आग्रह गरे ।

उनले भने, ‘६०र४० त मेरो सिद्धान्त नै होइन । १ करोड खर्च भइसकेको छ । बरु विधेयक फिर्ता लिनुस् ।’