१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप लामिछाने विश्व एघारमा

अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् ।

गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते(मे ३१ मा) इङग्ल्यान्डको लर्ड्समा हुनेछ । वेष्ट इन्डिज टि ट्वेन्टीको विश्वकप विजेता टोली पनि हो ।

बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाई नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् । भारतमा भएकै इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय सन्दीपकै लागि उक्त ऐतिहासिक खेल हुनेछ । त्यस्तै सन्दीप वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सिपीएल) मा पनि परेका छन् ।

विश्व एघारमा इयान मोर्गनले कप्तानीकै भूमिका निभाउनेछन् । त्यस्तै उक्त टोलीमा सन्दीपसँगै पाकिस्तानी ब्याट्सम्यान साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्यालेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन् ।

यस्तै वेष्ट इन्डिजको कप्तानमा भने कार्लोस ब्राथवे छन् । उनको टोलीमा क्रिस गेल, मार्लोन सामुएल्स, एभिल लेविस, आन्द्रे रसेललगायत खेलाडीले खेल्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस