२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसवर्ष करिब ६० हजार जना डेंगु रोगबाट संक्रमित हुनसक्ने अनुमान

अ+ अ-

कीर्तिपुर (काठमाडौँ) । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेंगु संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ  । यसवर्ष करिब ६० हजार जना डेंगु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तरक्रिया विज्ञहरूले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए  । 

 कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए। “झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्केको बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरूको  समन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपछ”, उनको भनाइ थियो ।

 यद्यपि नगर पालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरै थरी काम हुने हुँदा लगातार चार महिनासम्म नष्ट गर्ने काममा लागि रहन उनीहरूलाई अप्ठ्यारो भएको पनि उनले बताए । 

महाशाखाले १७ जिल्लाका एक सय ४७ पालिकासँग डेंगु रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । “डेंगुरोगलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रै ले नियन्त्रण गर्न सकिँदैन त्यसका लागि सबै निकायले हातेमालो गर्नु पर्छ”, महाशाखा निर्देशक डा चन्द्रभाल झाले भने । कतिपय देशमा लामखुटे नियन्त्रण  वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको  पनि देखिएको समेत उनले बताए। शहरमा वर्षायाम सँगै जता ततै खाडल, ससाना भाँडा र जथाभावि फालिएका टायर पानी जम्ने भएकोले डेंगुको जोखिम अनुमान गरे भन्दा बढने  पनि निर्देशक झाले बताए । उनले भने ,“त्यसबाहेक घर घरमा फ्रिज र एसिको पानीले पनि  लामखुटेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ ।” 

यसवर्ष सरकारले लामखुटे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि रु १० करोड छुट्याएको जानकारी पनि कार्यक्रममा दिइयो । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शीतोष्ण र समशीतोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

 यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरुप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको  छ  । डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ ।

डेंगु रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समेत हुन्छ । सरकारले डेंगुसँगै कोभिड र हैजाको जोखिम नफैलियोस् भनेर विशेष तयारी गरेको जानकारी पनि उनले दिए ।