२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला

अ+ अ-

काठमाडौँ । आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् ।

सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैँ ताला खोलेका छन् । फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको थियो ।

शुक्रबार त्रिविको ६६ औँ वार्षिकोत्सव पनि थियो । त्रिभुवन स्मृति भवनमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनुअघि नै आंशिक प्राध्यापकले गएर तला खोलेका हुन् ।

तर नेविसंघ निकट विद्यार्थीले लगाएको ताला भने खुलेको छैन । स्नातक पहिलो वर्षको भर्ना खुलाउनु पर्ने माग राखेर नेविसंघबाट निर्वाचित भएका काठमाडौँमा स्ववियु पदाधिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका थिए ।

ताला सँगै उनीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै त्रिविले जाहेरी दिएको थियो । तर अहिलेसम्म कारबाही भएको छैन । पक्राउ परेका दुई जनालाई पनि छोडिसकेको छ ।