२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुन: पक्राउ गर्न खोजिँदै

अ+ अ-

सियोल । दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुन: सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् ।

गत बर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उनी राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थित भएको छ र सैनिक कानुन (मार्शल ल)घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उनलाई सोधपुछ गरेका छन् ।

“आज विशेष वकिलले सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पुर्‍याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्,” विशेष वकिलमध्येका एक सदस्य (अभियोजक) पार्क जी–योङले सञ्चारकर्मीसँग भने ।

पार्कका अनुसार युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा मिथ्याकरण गरेको’ आरोप पनि लगाइएको छ ।

पार्कले भने, “पक्राउ पूर्जीमा पूर्व राष्ट्रपति युनलाई किन हिरासतमा राख्नु आवश्यक छ भन्ने उल्लेख गरिएको छ, तर म यहाँ विस्तृत विवरण दिन सक्दिनँ ।”

अभियोजकहरूले गत जनवरीमा पक्राउ प्रयास असफल हुँदा युनले गरेको प्रतिरोधका साथै उनले सैन्य कानुन घोषणा गर्नुको औचित्यका रुपमा ड्रोनलाई प्योङयाङ उड्न अनुमति दिएको आरोपबारे शनिबार प्रश्न उठाएको थियो ।

युनको कानुनी टोलीले उक्त पक्राउपूर्जी ’अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ ।

उनको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आरोपको पूर्ण रुपमा खण्डन गरेका छौं र कानूनको रूपमा कुनै पनि अपराध स्थापित गर्न सकिँदैन भन्ने प्रमाणित गरेका छौं।”

“विशेष वकिलले अनुसन्धानका क्रममा कुनै वस्तुगत प्रमाण प्रस्तुत गर्न सकेनन् र साक्षीको बयानका आधारमा पनि आरोप टिक्न सक्दैन,” उनीहरूले भने ।

गत हप्ता, अदालतले विशेष वकीलले ‘यूनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरको तर उनले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पूर्जी खारेज गरिदिएको थियो ।