२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्वर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरेका छन्।

नेकपा (एमाले) को केन्द्रीय पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आज आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार गर्न आग्रह गरेका छन् । 

“हामीले विश्वलाई भन्न सक्नुपर्छ-बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ । साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ती चढेर गैँडा हेर्दा थाहा हुन्छ । त्यकारण नेपाल भ्रमण गरौँ ।’’

प्रधानमन्त्री ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिए। उनले धर्ममा विश्वास गर्ने नगर्ने मानिसहरूको स्वतन्त्र अधिकार भए पनि भगवान् राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिका भएका जस्ता ग्रन्थहरूमा उल्लेखित कुराहरूलाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचार प्रसार गर्न डर मान्नु नपर्ने स्पष्ट गरे । 

“रामको पवित्र जन्मभूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छौँ भने हामीले के गरी खान्छौँ ?’’, प्रधानमन्त्री ओलीले भने, “विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन् । राम–लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीँका हुन् । यही कुराहरू मैले भनेको होइन, ग्रन्थहरूमै उल्लेख छ । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनु पर्दैन ।’’

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्वर भूमि रहेको, विद्वान पुर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको बताउँदै दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशका नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्ने बताए ।