२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री पाँच वर्ष टिकाउन विश्वप्रकाशले दिए पाँच विकल्प

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष नै टिक्न सक्ने बनाउन संविधान संशोधनका लागि पाँच प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।

शर्माको प्रस्ताव अनुसार प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा पहिलो बन्ने दलले सरकार गठन गर्ने उल्लेख छ । 

शर्माका अनुसार उक्त प्रस्तावको आधारमा दोस्रो, तेस्रो या अन्य दल पूरै अवधि सरकार बाहिर विपक्षमा बस्नुपर्ने हुन्छ । बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न नसकेको हुँदा यो व्यवस्था राख्नुपर्ने उनको तर्क छ ।

पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा ‘विनर्स टेक अल’ (जित्नेले सबै लग्ने) सिद्धान्त बमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएको विज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने अर्को प्रस्ताव शर्माको छ ।

पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीले मन्त्रिपरिषदमा निश्चित संख्यामा विज्ञहरू सोझै नियुक्त गर्न पाउनुपर्ने शर्माको थप प्रस्ताव छ ।

‘त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । दुई वर्ष पुगेपछि त्यसको एक महिनाभित्र पुनः विश्वासको मत लिने,’ शर्माले पार्टी बैठकमा भने,‘पछिल्लो पटक विश्वासको मत लिँदा दुईवर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने/नपाउने टुंगो लाग्छ । विश्वासको मत पुनः प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्नेछ ।’

शर्माले प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति दुई पटक मात्रै बन्न सक्ने व्यवस्था हुनुपर्ने बताए ।