२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशक सरुवामा मन्त्री महासेठको ‘हिडन इन्ट्रेष्ट’

अ+ अ-

काठमाडौं । सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालय तानिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले उनलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् ।

भट्टराईको सरुवा गर्ने निर्णय बुधबार भएको थियो । तर, उनले शुक्रबार सरुवाको पत्र पाए । पत्रमा सहसचिव धु्रव जोशीको हस्ताक्षर छ । सरुवाको पत्रमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सहसचिवले हस्ताक्षर गरेको स्रोतले बतायो ।

मन्त्री महासेठले कार्यालय प्रमुख तथा महानिर्देशकबाट आफ्नो हिडन इन्ट्रेष्ट पुरा हुने नदेखिएपछि उनको सरुवा गरेको उच्च स्रोत बताउँछ ।

यति मात्रै होइन, यसअघि सरकार सिन्डिकेटविरुद्ध कडारूपमा प्रस्तुत हुँदा पनि उनी व्यावसायीप्रति लचिलो हुँदै आएका थिए । यसले पनि मन्त्री महासेट यातायात व्यावसायीको प्रभावमा परेर महानिर्देशक फेरेको भन्ने भनाई असत्य हो भन्ने ठाउँ देखिँदैन ।

यातायात क्षेत्रको कलंककारुपमा लिइएको सिण्डिकेट तोड्न सतिशाल बनेर उभिएका महानिर्देशक भट्टराईलाई मन्त्रालय तानिनु सिन्डिकेट हटाएबाफतको पाएको दन्डको रूपमा हेरिएको छ ।

भट्टराई मन्त्रालय तानिएसँगै सिन्डिकेट हटाउन बाँकी रहेका काम के होलान् भन्ने प्रश्न उठेको छ भने प्रधानमन्त्री ओलीको सुशासन यही हो भन्नेमा समेत कर्मचारी वृत्तबाट प्रश्न उठ्न थालेको छ ।

सेवा प्रवाह भएन भनेर कर्मचारीमाथि प्रश्न तेछ्र्याई रहँदा इमान्दारीतापूर्वक कर्मचारीलाई व्यक्तिगत इन्ट्रेष्टमा सरुवा गर्दा मन्त्रीलाई स्पष्टिकरण दिनु पर्ने कि नपर्ने ? कि मन्त्रीले जे गरेपनि हुने, अनि दोष कर्मचारीलाई थुपार्ने ?