काठमाडौँ । बांङ्लादेशका १८ न्यायाधीशहरुलाई बाध्यकारी अवकाशमा पठाइएको छ ।
बांङ्लादेश सरकारले एक निर्णय लिएर यस्तो गरेको हो । निर्णय लिँदा २५ वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने नियम ल्याएर गरिएको थियो ।
बांङ्लादेशको अखबार प्रथोम आलोका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा जानकारी दिइसकेको छ ।
बाध्यकारी अवकाशमा पठाइएता पनि सबै न्यायाधीशहरुलाई सरकारी नियम अनुसारकै अवकाशको सेवा सुविधा दिइने भएको छ ।







