२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै

अ+ अ-

नारायणगढ (चितवन) । चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरंग सेवा ३२ जनाले लिएका छन् ।

अस्पतालले पूर्वकर्मरपञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ । अस्पतालकी प्रमुख डा.कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई छ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा छ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ ।

सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताए । उनले भनिन् “पुरुषको तुलनामा महिला नियमित रूपमा सेवा लिन आउनुहुन्छ । महिलामा आयुर्वेदप्रतिको आकर्षण बढी देखिएको छ ।”

चिकित्सालयअन्तर्गतको आयुर्वेद औषधि उत्पादन केन्द्रबाट हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र अन्य औषधि सिंहदरबार वैद्यखानाबाट ल्याइने जानकारी दिइयो ।

अस्पतालमार्फत २७ प्रकारका गुणस्तरीय औषधि नि:शुल्क वितरण गरिने गरिएको छ, जसले विशेषगरी नसर्ने रोगहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ ।

बालबालिकालाई लक्षित गरी अस्पतालले प्रत्येक महिना स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो परम्परागत आयुर्वेदिक औषधिले प्रतिरक्षा प्रणाली सुदृढ बनाउने डा.अधिकारीको भनाइ छ ।

डा अधिकारीका अनुसार शिवघाट, देवघाट, गुञ्जानगर, पटीहानी, माडी, मेघौली, डालेटार र वीरेन्द्रनगरमा आयुर्वेद औषधालय सञ्चालनमा छन् । भरतपुरको शिवनगरबाट जीवनशैली सेवा प्रदान गरिँदै आएको छ भने कालिका, खैरहनी र इच्छाकामनामा नागरिक आरोग्य केन्द्रमार्फत सेवा विस्तार गरिएको छ ।

कार्यक्रममा चिकित्सक डा.सुमन खनाल र डा.देवेन्द्रकुमार यादवले नयाँ भवनबाट सेवा प्रवाह गर्दा थप सुविधा पुगेको र सेवा गुणस्तरमा उल्लेखनीय सुधार आएको बताए । उनीहरूले आयुर्वेद सेवाको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिए ।

अस्पतालका अध्यक्ष राजेन्द्र अधिकारीले सञ्चारमाध्यममार्फत आयुर्वेदसम्बन्धी जानकारी जनस्तरसम्म पुर्‍याउन सके अझ बढी नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पत्रकारले अस्पतालको सेवा र गुणस्तरबारे सुझाव र प्रतिक्रिया राखेका थिए ।