२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा ‘सर्भिसिङ’ गर्न चाहन्छन् :  ‘प्रचण्ड’ 

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुन्दर र उन्नत बनाएर जनताका सपना पूरा गर्नका लागि संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरू समग्र राजनीतिक परिवर्तन र उपलब्धिको संस्थापन पक्ष भएको हैसियतले संविधान संशोधनबारे सदनमा स्पष्ट धारणा राख्न चाहेको बताए । 

“हामी १० वर्ष संविधान कार्यान्वयनमा जाऔं, त्यसपछि यसको गम्भीर समीक्षा गरेर संशोधन गरौँ भन्दै आएका हौँ, यद्यपि संविधान अझै पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन,” अध्यक्ष दाहालले भने, “संविधान कार्यान्वयनका लागि अति आवश्यक ऐनहरू बन्न सकेका छैनन् । तरपनि नेपाली जनताको अपेक्षाअनुरूप जसरी शासन प्रणाली सञ्चालन हुनुपर्ने हो, जनतामा व्यवस्थाप्रति जसरी भरोसा बढ्नुपर्ने हो, त्यसको गम्भीर समीक्षा भने गर्नैपर्ने अवस्था आइलागेको छ ।” उनले यो असन्तुष्टि निर्वाचन प्रणाली,  शासकीय संरचना,  कार्यशैली र प्रणालीकै कारण त बढेको होइन भन्ने प्रश्न पनि गरे। 

संविधान संशोधनले नेपाली जनताका अधिकार अझै संस्थागत गर्नुपर्नेमा जोड दिँदै उहाँले उपेक्षित, उत्पीडित जाति,  वर्ग, भूगोल तथा समुदायको पहिचान र अधिकार संरक्षणका लागि हुनुपर्ने बताए। उनले भने, “संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी, संविधानको अग्रगामी संशोधन गर्ने, शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामांकन, सिमांकन, पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय संघीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने हो भने दुईतिहाई बहुमत जुटाउने काम म प्रतिबद्धता जनाउँछु ।” 

आफूहरूले तुलनात्मरूपमा अहिलेको उत्कृष्ट संविधानमा समेत फरक मत राखेर आएको स्मरण गर्दै टालटुले र कर्मकाण्डी सुधारबाट नेपाली समाजको रूपान्तरण नहुने अध्यक्ष दाहालले  बताए । 

उनले थप भने, “म प्रतिपक्षी दलको नेताका हैसियतले फेरि जोड दिएर के भन्न चाहन्छु भने लाखौं जनताले यसै गणतन्त्रलाई सुन्दर र उन्नत गणतन्त्र बनाएर आफ्ना सपना पूरा गर्न चाहेका छन् । जनता गणतन्त्रका पक्षमा, अग्रगमनका पक्षमा छन् । उनीहरू यही गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा सर्भिसिङ गर्न चाहन्छन् ।”

दलहरूबीच थुप्रै मतभेद भए पनि शान्ति सम्झौताका सबै सहयात्री भएको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, “गणतन्त्रका हामी सहयात्री हौँ । हामीले आत्मसमीक्षा र आफूलाई सच्याउने कठोर संकल्प नगर्ने भने अन्यथा जनताको धैर्यताको सीमा सधैँ रही राख्ने भन्ने हुन्न विष्फोट हुन्छ र सबैलाई त्यसको निम्ति सतर्क हुन अपिल गर्दछु ।”