२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’  स्वीकृत गरेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याइएको स्पष्ट पारे । 

उनले परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनामा सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा सार्वजनिक ऋणको चाप कम गर्न, रोजगारी प्रवर्द्धन र दिगो आर्थिक विकासका लागि कानुनी आधार तयार गर्न विधेयक अगाडि बढाइएको बताए । 

उपप्रधानमन्त्री पौडेलले विधेयकले विकासको गतिलाई तीव्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । उहाँले विकासका निम्ति वैकल्पिक वित्तको परिचालन गर्नुपर्ने नीति आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।  

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल बैरागी, किरणकुमार साह, प्रतिमा गौतम, देवेन्द्र पौडेल, वर्षमान पुन, मेटमणि चौधरी, हितराज पाण्डे, ठाकुर गैरे, सराज अहमद फारुकी, बिमला सुवेदी, रञ्जुकुमारी झा, मैना कार्की र प्रेम सुवालले भाग लिनुभएको थियो ।

यसैगरी बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले प्रस्तुत गर्नुभएको ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको छ । 

सैद्धान्तिक छलफलमा सांसदहरू रामहरि खतिवडा, प्रतिमा गौतम, सीता मिजार, मैना कार्की, दामोदर पौडेल वैरागी, किरणकुमार साह, दुर्गा राई, प्रकाश ज्वाला, सराज अहमद फारुकी, रुपा सोशी चौधरी, ज्वालाकुमारी साहले सहभागी भए । 

सांसदका प्रश्नको जवाफमा मन्त्री दाहालले विधेयकको औचित्यबारे चर्चा गर्नुभएको थियो । सभामा गणपुरक सङ्ख्या नपुगेपछि यो विधेयक आज पारित हुन सकेन । 

प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन ७ गते दिउँसो १ बजे बस्नेछ ।