२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापन पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरूको सुझाव

अ+ अ-

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरूले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य, रसुवा हिमवाढी एवं समग्र विपद् व्यवस्थापनका सन्दर्भमा राजनीतिक दलहरूसँग आज आयोजना गरेको अन्तरक्रियामा नेताहरुले विपद् जोखिम न्यून गर्न जागरण अभियान तथा स्वयंसेवकीय भूमिका निर्वाह गर्न आफ्ना पार्टीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता एवं सांसद मोहन आचार्यले विपद् पश्चात् नागरिकले सरकार छ भन्ने भरोसा खोज्ने भएकाले प्रतिकार्यलाई गम्भीरतापूर्वक लिएर तयारी गर्न सुझाव दिए । उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले रसुवा बाढीमा सरकार, प्राधिकरण र सुरक्षा निकायले राम्रो प्रतिकार्य गरेको उल्लेख गर्दै उद्धार जनशक्तिलाई तालिम एवं खोज तथा उद्धार सामग्रीको व्यवस्था गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागका प्रमुख सूर्य सुवेदीले राजनीतिक पार्टीलाई विपद् व्यवस्थापनमा संलग्न गराउन सरकार र प्राधिकरणले पर्याप्त पहल गर्नुपर्ने औँल्याउँदै प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय मातहत राखी साधन स्रोत र अधिकार सम्पन्न गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापीड एक्सन टोलीका प्रमुख साजन शर्माले विपद् पूर्वतयारी तथा व्यवस्थापनलाई नियमित तालिकाका रूपमा लिन सुझाव दिँदै सूचना प्रवाहलाई तीव्र बनाउन र आवश्यक सामग्रीको भण्डारका लागि राज्यले लगानी बढाउनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विपदमा जनताले राज्यको अभिभावकत्व खोज्ने भएकाले पूर्वतयारी महत्त्वपूर्ण भएको उल्लेख गरे ।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रमान श्रेष्ठले सबै नागरिकले विपदमा जोगिन तालिम लिने वातावरण बनाउन सुझाव दिँदै विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नेपालमा हुने विपद्बाट जोगिने उपायसम्बन्धी विषयहरू राख्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता एवं मधेस प्रदेश सभाका सदस्य मनिषकुमार सुमनले मधेसमा सुक्खाका कारण अकालको अवस्था सिर्जना हुने खतरा बढेको उल्लेख गर्दै विपदमा जनताले आफ्ना आफन्त र छिमेकीपछि राजनीतिक नेता–कार्यकर्तालाई खोज्ने गरेको अनुभव सुनाए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रसुवा बाढीमा बर्दियाका पाँच युवा बेपत्ता भएको जानकारी दिँदै सीमा क्षेत्रमा बनेका बाँधका कारण तराईमा डुबान हुने भएकाले समयमै बाँध खोल्न प्राधिकरणले पहल गर्नुपर्ने बताए। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विपद् व्यवस्थापनमा राज्यको विशेष जिम्मेवारी हुने भएकाले नीतिगत अवरोध फुकाउन सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा सहभागी सबैजसो नेताले जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने प्राधिकरणको धारणामा समर्थन गर्दै बिमा दिगो समाधानको उपाय भएको बताए ।

छलफल कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले मनसुन प्रतिकार्य प्राधिकरणको मुख्य प्राथमिकता रहेको जानकारी गराउँदै विपद्पश्चातको पुनर्निर्माण, नीतिगत तथा संरचनागत सुधार, पूर्वसूचना प्रणालीको विश्वसनीयता वृद्धि, विपद्को मूलप्रवाहीकरण, स्वयंसेवकको तालिमलगायतमा काम गरिरहेको बताए ।

सहसचिव अर्जुनकुमार बमले रसुवा हिम–बाढीलगायत मनसुन सुरु भएपछिको मुख्य प्रतिकार्यहरू, विपद् पश्चातको पुन:निर्माण एवं नीतिगत तथा संरचनागत सुधारमा राजनीतिक दलहरूबाट प्राधिकरणले गरेको अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण गरे । सहसचिव रोशनीकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।